arrow

यूएईका राजदूतले भेटे प्रधान सेनापति शर्मालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
sayed-hamdan-al-nakbi-prabhuram.JPG

काठमाडौं । नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत सयिद हमदान अल नाक्बीले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

नाक्बीले सोमबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गरेका हुन् । भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

‘यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ’, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ