arrow

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
Accident-sign.jpg

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १८ भुवनबस्तीकी ३१ वर्षीया अम्विशा गुरुङ रहेकी छन् ।

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो दुर्घटनामा अम्विशामा श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

मुग्लिनबाट नारायणगढ जाँदै गरेको ना७ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३२ प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।

अम्बिशाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ