arrow

सर्वोच्चको फुलकोर्ट शुक्रवार बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
supreme-court-of-nepal_1617805496.jpeg
फाइल तस्बिर

काठमाडौँ। सर्वोच्च अदतलालको फुलकोर्ट बस्ने भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रवार औपचारिक रूपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगाएका विषयमा छलफल भएको जनाइएको छ।

सत्ता गठबन्धनका तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी निलम्बित भएका छन्।

राणा निलम्बित भएसँगै वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ