arrow

बुटवलमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
Accident-sign.jpg

बुटवल । रुपन्देहीमा  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापा रहेका छन् ।

बुटवल उपमहानगरपालिका-१२ मिलनचोकमा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । तीन जना सवार लु६०प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान चार बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ