arrow

सप्तरीमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
tractor-accident.jpg.jpg
फाइल तस्वीर

सप्तरी । सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स१त६ १०८ नंको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन् । मण्डल ट्र्याक्टर चालक हुन् भने अन्य मजदुर हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ