arrow

ट्र्याक्टर दुर्घटनामा सुनिल रोकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
accident-final.jpg

रुकुम । ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भूमे गाउँपालिका-४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । चार जना घाइते भएका छन् ।

मङ्गलवार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे-८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।

रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चार जना रहेको छन् । 

प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे-८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ ।

बाँकी तीन जनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताए ।

ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ ।

ट्र्याक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ