- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताको बैठक अघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा २:३० बजे मन्त्रिपरिषद्को बैठक डाकेका छन् । मन्त्रिपरिषद्को बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) साथै अन्य विषयमा छलफल हुनेछ ।
एमसीसीमाथि छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजे बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
संसद्को बुधवारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन ।