arrow

२५ रुपैयाँ किलो स्कुटी र ३० रुपैयाँ किलो मोटरसाइकल बिक्रीमा (फोटोफिचर)

logo
बिना सुवेदी, 
प्रकाशित २०७८ फागुन ५ बिहिबार
bhau-badho-byanga.jpg

काठमाडौँ । मूल्यवृद्धिको विरोध गर्दैै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा विरोध कार्यक्रममा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्ने क्रममा प्रतिकात्मक बिक्रीको भाउ पनि तोकिएको छ । 

चर्को मूल्यवृद्धि भएको पेट्रोलबाट स्कुटी र बाइक चलाउन नसकिने संकेतस्वरुप कबाडीको भाउसहित स्कुटीको २५ रुपैयाँ किलो र मोटरसाइकलको ३० रुपैयाँ किलो भाउ राखिएको छ । 

मूल्यवृद्धि खारेजीको माग गर्ने क्रममा युवासंघले सडकमै चियासमेत पकाएको छ । त्यस्तै संस्कृति मन्त्रीको संस्कार हराएको भन्दै मन्त्री प्रेम आलेको आलोचनासमेत भएको छ । 

युवा संघका एक नेताले भने, ‘अन्तर्राष्ट्रिय बजार मूल्य बढ्दाखेरी हामीले बढाउनु पर्ने वाध्यतालाई त्यतिबेलाको सरकारले सम्वोधन गरेको छ । हिजो भन्सार शुल्क १० रुपैयाँ बढाइएको थियो । त्यसको कारण थियो अन्तर्राष्ट्रिय मूल्य बढ्दा त्यही भन्सार शुल्कबाट घटाउने भनिएको थियो । तर यो सरकारको त ध्यानै छैन ।’

फोटोफिचर–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ