arrow

विद्यालयलाई नेपाली सेना तथा सैनिक श्रीमती संघको सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
shreemati-sainik-sangh-234242.JPG

काठमाडौँ । नेपाली सेना तथा सैनिक श्रीमती संघले स्थानीय विद्यालयलाई सहयोग गरेको छ । सेना दिवसको उपलक्ष्यमा नेपाली सेना तथा सैनिक श्रीमती संघले बुधबार सिराहा जिल्ला विष्णुपुर गाँउपालिका वडा नं. ४ थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई सहयोग गरेको हो । 

नेपाली सेनाका अनुसार टोलीले फर्निचर तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको हो । जसमा बेन्च तथा टेबल दुई सय सेट, स्टिलको दराज ६ थान, जुत्ता राख्ने र्याक ४ वटा, ह्वाइट बोर्ड २ वटा तथा सूचना बोर्ड १ वटा रहेको छ । 

विद्यालयका छात्र छात्राहरुको पठन पाठनलाई टेवा पुर्याउने उद्देश्यका साथ सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त सहयोग कार्यक्रममा श्री नं. २७ बाहिनी अड्डाका बाहिनीपति, सिराहाका प्रमुख जिल्ला अधिकारी, सैनिक श्रीमती संघकी उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, बिष्णुपुर गाँउपालिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ