arrow

सडकमा प्रदर्शन गरेर माओवादी र नेकपा एसले राजनीतिक बेइमानी गरे : उपसभापति गुरुङ

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ फागुन ८ आइतबार
dhanraj.jpg

नवलपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकारमा रहेका दलहरूले नै एमसीसीको विरोधमा सडकमा राजनीतिक बेइमानी गरेको बताएका छन् ।

आइतबार प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन ।

"सरकारमा रहेका दलहरूले आफ्नो दायित्व बिर्सिएर एमसीसीको विरोध गर्नु राजनीतिक हिसाबले बेइमानी हो,"गुरुङले भने । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै गुरुङले सरकारमा रहेर सरकारकै निर्णयको विरोध गर्ने संसारका अरू कुनै देशमा नभएको समेत बताए । 

एमसीसीको विरोधमा सरकारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)का कार्यकर्ताले एमसीसीको विरोधमा सडकमा गरेको प्रदर्शन प्रति लक्षित गर्दै गुरुङले यस्तो बताएका हुन ।

कार्यक्रममा गुरुङले एमसीसी सम्झौता विकास परियोजना मात्र नभई कूटनीतिक सम्बन्धको आधार पनि भएकाले यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् "एमसीसी विकास परियोजना मात्र होइन यो कूटनीतिक सम्बन्धको आधार पनि हो । यसलाई स्विकार्न पर्छ" गुरुङले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ