arrow

नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
supreme-court-long.jpg

काठमाडौं। अधिवक्ता आचार्य तुलसीराम पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भनि सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । पोख्रेलले सनातन व्यवस्थाको बारेमा संविधान आँफैमा बाझिएको र अस्पष्टता भएकोले स्पष्ट व्याख्या गरी पाउँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको पनि स्पष्ट पारे । संविधानमा धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको उनको गुनासो छ । ‘संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन् तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो ।’

आफुले वैदिक सनातन संस्कृति र निरपेक्षताको बिचमा बाझिएको छ भनेर सर्वोच्चमा रिट निवेदन दिएको र उक्त रिट आगामी फागुन १२ गतेका लागि पेशीमा चढेको पनि उनले जनाए । उनले भने,‘यसको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुन्छ । अदालतमा संविधानको भावनाअनुरुप निवेदन हालेको छु ।’ हिन्दु वैदिक सनातन संस्कृतिलाई नै संविधानले मानेको उनले ठोकुवा गरे । 

‘नेपालका संविधानमा धर्मनिरपेक्षता लेखिएको छ र त्यसको व्याख्यामा सनातन संस्कृतिको बारेमा पनि व्याख्या गरिएको छ ।’ पोख्रेलले भने,‘नेपालको संविधानको धारा ४ को उपधारा १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातन देखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ