arrow

सर्वोच्चमा एमसीसीविरुद्ध रिट, दर्ताबारे मंगलबार निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
supreme-court-of-nepal_1617805496.jpeg
तस्बिर– फाइल

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठकमा टेबल भएको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै भण्डारीले रिट दिएका हुन् । तर रिट दर्ता भएको छैन । रिट अध्ययनकै क्रममा रहेको र यसबारे मंगलबार निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

एमसीसी टेबल भएको विरोधमा दलहरु विभाजित भएका छन् भने जनस्तरमा तर्कवितर्क चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ