arrow

"वन्धकीका भाखाहरू "

logo
सचिन्द्र श्रेष्ठ,
प्रकाशित २०७८ फागुन १० मंगलबार
sachindra-shrestha.jpg

हरेक पलका स्मृतिहरू सँगै 
जल्दै मुटुमा तिम्रै अनवरत यादहरू सँग 
यो तातो मरुभूमिमा 
तिम्रै पर्खाइमा दिनहरू काटिरहेको छु 
मन भित्र कोरा सपना राखेर  
आउने भाकाहरू आँसुमा 
गनेर यो कलिलो जीवनलाई 
अर्कैको परिधिमा बेचिरहेको छु 
अब त तिमि पनि 
कुर्दा कुर्दै थाकी सक्यौ रे!
आफैमा आत्मबिभोर बनेको छु 
कति पटक आउने भाखा सारिरहे 
कति पटक आफूलाई घटाइरहे 
तिम्रो विश्वासमा धोका भए
तिम्रो प्रतीक्षामा बाधा भए
बाल मस्तिष्कमा आघात भए
आज रोदनै रोदनका यादहरूमा तिमिहरू 
सँगको बिछोडले टाढा बनाएको छ 
प्रिय छोरा!
तोते बोली र यिनै
औलाले डोराउँदै भाऱ्यांङ तल माथि
गरेका दिनहरू मानसपटलमा
ताजै छन्
काँधमा बोकेर हिँडेका क्षणहरूले
अझै नै तिम्रो न्यानो स्पर्श
मेरो काँधमा अल्झिएको महसुस गराउँछ
प्रिय छोरा!
मेरो आश्वासनले तिमीलाई
चित्त दुखाएको होला,
मेरो बाध्यताले तिमीलाई
धोकेवाज र जाली देखायो होला,
तर,
परिस्थितिको दास बन्नुको
पिडा तिमीले एक दिन अवश्य बुझ्ने छौ
आजकल त तिमी
हजुरबुवा सँग मान्दैनौ रे..
ममी सँग बोल्दैनौ रे..
मेरो गल्तीको सजाय
उनीहरूले पाएकोमा लज्जित छु।
यसै साल भेट्छु,आउँछु भन्दा भन्दै
समयले नेटो काटी सक्यो
मेरो मुहारमा मलिनता 
र दैनिक कार्यमा ह्रास आएको छ
प्रिय छोरा !
माफ गर यस पटक पनि 
म आउन सकिन!
यहाँ अन्य साथीहरू घर
जाँदा मन कटक्क खान्छ
अनि आफैलाई धिक्कार्न थाल्छु
धेरै पटक आँखाहरू रसाई रहन्छ
फेरी छिट्टै तिमीलाई
अँगालोमा बाँधेर धित मर्ने दिन
कहिले आउला भनेर
पल पल सम्झी रहन्छु
मेरो र तिम्रो जन्मदिन
सँग सँगै मनाउने
र 
तिमीलाई सर्प्राइज दिने भनेर
बर्षौ देखि बनाएको सपना
आज आफ्नै सर्प्राइज भए
यो पटक पनि घर नजाने
निर्णयको बन्दी भएकोमा !
अब त तिमी ठुलो भई सक्यौ
जे हुन्छ राम्रोको लागी हुन्छ भनेर
सम्झ र आफूलाई सम्हाल
समय फेरी आउने छ
मिठा क्षणहरू सँगै बिताउन
भाग्यले कहिले सम्म रोकथाम गर्ला र
बस छोरा!
यसपालि पनि आउन सकिन
माफ गर !!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ