arrow

त्रिवेणी-पोखरा-कोरला सडकको डेढगाउँ-झ्यालबास खण्डको मुख्यमन्त्रीद्वारा शिलान्यास

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ फागुन १० मंगलबार
1645535510498.jpg

 नवलपुर । गण्डकी प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको त्रिवेणी-पोखरा-कोरला सडकको नवलपुरको डेढगाउँ-झ्यालबास खण्डको मङ्गलवार  शिलान्यास गरिएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सडकको शिलान्यास गरेका हुन ।

५१ करोडको लागतमा निर्माण सम्पन्न हुने गरि नवलपुरको झ्यालबास देखि डेढगाउँ जोडने १४ किलोमिटर  सडकको निर्माण कार्य चैत्र देखि सुरु भएर ३० महिनामा सकिने पूर्वाधार कार्यालय नवलपुरले जनाएको छ । सडकको दुवै साइडमा नाली बन्ने र कालो पत्रेको भाग ७ मिटरको रहने पूर्वाधार कार्यालयले जनाएको छ ।

सडकको शिलान्यास पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले त्रिवेणी-पोखरा-कोरला सडक प्रदेशको गौरवको योजना रहेकाले समयमै काम सम्पन्न हुने बताए । त्रिवेणी-पोखरा-कोरला सडक आर्थिक, धार्मिक र पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री नेपालीले समग्र प्रदेशको विकासमा यो सडक महत्त्वपूर्ण हुने दाबी गरे ।

नवलपुरको झ्यालबास, रुचाङ, डेढगाउँ हुँदै तनहुँ मानपुर फुला सडकमा जोडिएर तनहुँको खैरेनी हुँदै पोखरा सम्म यो सडकले जिल्लालाई प्रदेश राजधानी सँग जोडने भएकाले पनि पहाडी क्षेत्र र समग्र जिल्ला विकासका लागि पनि सडकले महत्त्वपूर्ण अर्थ राख्ने मुख्यमन्त्री  नेपालीले बताए ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सहित पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, भौतिक तथा पूर्वाधार विकास मन्त्री कुमार खड्का, आन्तरिक मामिला मन्त्री डोबाटे विक, प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, ओमकला गौतम, गाउँपालिका अध्यक्ष दुर्गबहादुर राना लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ