arrow

नवलपरासी प्रहरीद्वारा थप ५ जना फरार अभियुक्त पक्राउ

logo
रवीन्द्र यादव,
प्रकाशित २०७८ फागुन १० मंगलबार
nawalparasi-police-1.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा विभिन्न मुद्दामा फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५६ सालदेखि २०७० सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले मङ्गलवार जानकारी दिइएको हो ।

प्रहरीका अनुसार बर्दघाट नगरपालिका,प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिका अन्तर्गत जालसाजी मुद्दामा २ जना सवारी ज्यान मुद्दामा १ जना र चोरी मुद्दामा १ जना फरार गरी ४ जनालाई इलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो ।

यसै गरी कुटपिट मुद्दामा १ जनालाई प्रहरी चौकी गोबरहियाले पक्राउ गरेको हो । १ महिना ५ दिन कैद र ३१ हजार ४ सय रुपैयाँ जरिवाना रहेको ५ जना फरार अभियुक्तहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मङ्सिर २८ गतेदेखि हालसम्म विभिन्न मुद्दाका १४८ जना फरार अभियुक्त जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ ।जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख मनोज कुमार यादवको कडा निर्देशनमा फरार अभियुक्तलाई अभियानको रूपमा पक्राउ गर्न लागिएको प्रहरी स्रोतले बताएको छ । 

योसँगै चार महिना भित्रमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले १४७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ