arrow

किराना पसलदेखि ठूला उद्यमीले प्रयोग गर्न सक्ने 'डिजिटल बिलिङ प्रणाली मुगुसप'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
mugushop.jpg

काठमाडौं । डिजिटल प्रणालीमा सहजै आफ्ना सबै कारोबारको टिपोट राख्न सकिने  एप 'मुगुसप' सञ्चालनमा आएको छ ।

प्रविधिका क्षेत्रमा काम गर्दै आइरहेको नेपालको बहुराष्ट्रिय प्रविधि कम्पनी आईमार्कले मुगुसप पोइन्ट अफ सेल (पीओएस) सफ्टवेयर अथवा मोबाइल एप तयार पारेको हो ।

स-साना किराना पसलदेखि दैनिक कारोबार गर्ने ठूला उद्यमहरूले यो एपमा बिलिङ सेल, ग्राहक इन्भोइस, भुक्तानी, छुट, खरिद–बिक्री सूचीलगायत सम्पूर्ण कुराको विवरण राख्न सक्ने छन् ।

यसका साथै बिलिङ, खाता व्यवस्थापन, सामानहरूको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिपोर्टिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन(सीआरएम) तथा लोयल्टी व्यवस्थापन जस्ता सेवा सुविधा समेत प्रयोगकर्ताले लिन सक्ने छन् ।

कापी कलमले लेखेर अभिलेख राख्ने पुरानो पद्धति भन्दा यो एपको माध्यमबाट कारोबारका सबै किसिमका अभिलेखहरू सहजै राख्न र परिमार्जन गर्न सकिने कम्पनीले जनाएको छ ।

मुगुसप एप रिटेल, किराना पसल, स्पा, सैलुन, रेस्टुरेन्ट तथा क्याफे उद्यमीहरूले प्रयोग गर्न सक्ने आइमार्कका व्यवस्थापक सुयास चन्दले बताएका छन् ।

करिब एक महिना अघिदेखि सञ्चालनमा आएको मुगुसप छोटो समयमा नै धेरैले प्रयोग गर्न थालिसकेको कम्पनीले जनाएको छ ।

मुगुसप एप प्रयोगका लागि कम्पनीलाई ९८०२३१४७०९ मा फोन या info@mugu.shop मेलमार्फत सम्पर्क गर्न सकिने छ ।

यस्तै मुगुसपकाे सेवा लिनका लागि सामाजिक सञ्जाल फेसबुक या इन्स्टाग्राममा कम्पनीको आधिकारिक पेजबाट समेत सम्पर्क गर्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ