arrow

कि सरकारमा बस्नुपर्‍यो कि त सडकमा जानु पर्‍यो : मन्त्री झाँक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
ram-kumari-jhakri.PNG

चितवन । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

उनले भनिन्, “कि त सरकार छोडेर सडकमा जानु पर्‍यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।”सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो । 

उनले थपिन्, “विरोधाभाष कुरा हुँदैन । पाटीले  निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आँफुहरु ब्याक हुने बताइन् । 
 
आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।

पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसीसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ