विश्वकप क्रिकेटमा नौ खेलाडीमात्रै खेल्न सक्ने, असर कोरोनाको
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
1k
Shares
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले कोरोना भाइरसको महामारीबीच हुन लागेको विश्वकप क्रिकेटको नियममा परिवर्तन गरेको छ ।
आईसीसीले महिला विश्वकप क्रिकेटमा नयाँ नियम लागु गर्दै कोरोनाको असर देखिएका खण्डमा खेलाडीको संख्या घटाउन सकिने जनाएको हो ।
संक्रमित खेलाडी बढ्दै गए नौ जनाबाट पनि खेल्न सकिने आईसीसीले जनाएको हो । आईसीसीका इभेन्ट प्रमुख क्रिस टेटलीले क्राइस्टचर्चमा संचारकर्मीसँग कोरोनालाई ध्यानमा राखेर नियममा नरम हुनु परेको जनाएका हुन् ।
महिला विश्वकपको पुरस्कार रकम पनि बढाइएको छ । यसपटक १.३२ मिलियन अमेरिकी डलर विजेताले पाउने छ ।
आईसीसी महिला विश्वकप क्रिकेट आगामी मार्च ४ देखि न्यूजिल्याण्डमा शुरु हुँदेछ । आठ टिमले विश्वकप खेल्दैछन् ।