arrow

विश्वकप क्रिकेटमा नौ खेलाडीमात्रै खेल्न सक्ने, असर कोरोनाको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
icc1.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले कोरोना भाइरसको महामारीबीच हुन लागेको विश्वकप क्रिकेटको नियममा परिवर्तन गरेको छ । 

आईसीसीले महिला विश्वकप क्रिकेटमा नयाँ नियम लागु गर्दै कोरोनाको असर देखिएका खण्डमा खेलाडीको संख्या घटाउन सकिने जनाएको हो । 

संक्रमित खेलाडी बढ्दै गए नौ जनाबाट पनि खेल्न सकिने आईसीसीले जनाएको हो । आईसीसीका इभेन्ट प्रमुख क्रिस टेटलीले क्राइस्टचर्चमा संचारकर्मीसँग कोरोनालाई ध्यानमा राखेर नियममा नरम हुनु परेको जनाएका हुन् । 

महिला विश्वकपको पुरस्कार रकम पनि बढाइएको छ । यसपटक १.३२ मिलियन अमेरिकी डलर विजेताले पाउने छ । 

आईसीसी महिला विश्वकप क्रिकेट आगामी मार्च ४ देखि न्यूजिल्याण्डमा शुरु हुँदेछ । आठ टिमले विश्वकप खेल्दैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ