arrow

बाँके कांग्रेस अधिवेशन फेरि अनिश्चित : मनोनयन अन्तिम समयमा रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
banke-congress.JPG

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको अधिवेशन फेरि अनिश्चित बनेको छ । नयाँ सर्कुलर अनुसार फागुन २० गते मतदान गराउने गरी पूर्व निर्धारित निर्वाचन कार्यक्रम बमोजिम आजै उम्मेदवारी मनोनयन लिने तयारी गरिए पनि अन्तिम समयमा आएर फेरि स्थगित गरिएको छ ।

जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले २० गतेभित्र जिल्ला कार्यसमितिको सहमतिमा छलफल गरी नयाँ निर्वाचन कार्यक्रम तालिका र मिति तोक्ने गरी हाललाई निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताए । 

एमसीसीको कारण देखाउँदै फागुन १५ गते हुने तय भएको जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिले सर्कुलर गरेपछि बाँकेको अधिवेशन पनि अनिश्चित बनेको हो ।

प्रतिनिधि सभामा सङ्घीय सांसद रहेका १० जिल्लाको निर्वाचन फागुन २० गतेभित्र गर्ने गरी व्यवस्था मिलाउन केन्द्रीय निर्वाचन समितिले हिजो जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिएको थियो । 

पटक पटक विभिन्न बहाना बनाउँदै सारिँदै आएको जिल्ला अधिवेशन फेरि पनि स्थगित भएपछि नेता कार्यकर्ता रुष्ट भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ