arrow

जसपाको बैठक आजबाट : एमसीसीदेखि विधान सम्मेलनसम्मका एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
babu-ram-upendra-yadav.jpg
फाइल तस्बिर

काठमाडौँ। आन्तरिक विवादका कारण लामो समयदेखि हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौँमा सुरु हुदैँछ।

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ।

‘आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन भए पछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ।

यसअघि तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा हुन लागेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ