arrow

नेपाली पात्रोको सीईओमा देवकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
santosh-kumar-devkota-nepali-patro.jpg

काठमाडौँ। डिजिटल माडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोषकुमार देवकोटा नेपालको पहिलो मोबाइल एप्लिकेशन नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन्।

२०५६ सालमा वीरगन्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराईको पहिलो एफएम ‘रेडियो वीरगन्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव सँगालेका छन् । 

‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रूपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल माडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञको रूपमा सक्रिय रहँदै आएका छन् । 

२०६३ सालमा सर्वप्रथम फेसबुक एपमार्फत सार्वजनिक भएको नेपाली पात्रो २०६६ सालमा गुगलको प्लेस्टोरमार्फत एन्ड्रोइड तथा एप्पल प्रयोगकर्ताहरूका लागि एपस्टोर मार्फत सार्वजनिक गरिएको थियो । 

पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म(संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्‍याउने प्रयास गर्दै आएको छ ।

‘हाम्रो समय, हाम्रो गौरव’ मूल मन्त्र बोकेको नेपाली पात्रो र ९० लाख प्रयोगकर्ता, अनलाइन तथा प्रिन्ट मिडिया, टेलिभिजन, देशभरका रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरूसँगको अबको यात्रालाई अझ प्रत्युत्पादक अझ नवीन बनाउनका लागि सीईओको भूमिकामा देवकोटा आबद्ध भएको नेपाली  पात्रोले जनाएको छ। 


‘लाखौं नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ’, जिनियस सिस्टम्स सह संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार वीरगन्ज महर्जनले भने । 

त्यस्तै नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलितज्योतिषाचार्य उपप्रा. लक्ष्मीप्रसाद बरालले भने, ‘नेपाली पात्रोको अभियानलाई शिखरमा पुर्‍याउने कर्णधारका रूपमा यस परिवारको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको कार्यभार सम्हाल्न नेपाली पात्रो परिवारमा जोडिनुभएका अनुभवी व्यक्तित्व एवं मेरा आत्मीय मित्र सन्तोष देवकोटाजीलाई स्वागत गर्न पाउँदा हाम्रो टिम उत्साहित भएको छ । हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ