arrow

स्नेहा बनिन् बेलायतमा पहिलो नेपाली महिला ब्यारिष्टर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
sneha-shrestha-uk.jpg

काठमाडौं । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् । ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरेपछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन् । 

बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित बालबालिको र अध्यागमनका बारेमा कानूनी अभ्यास गर्नेछिन् । सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन् । 

उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् । प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि उनले आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन् । 

धेरै लामो समयको अध्ययन र कठोर तालिमपछि ब्यारिष्टर हुन पाएको र यस क्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिइन् । ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरुलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ । कानूनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ । बेलायतमा कानून व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ ।

ब्यारिष्टरले अदालतमा न्यायाधीश सामु बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन् । बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन् । 

जसमध्ये नेपाली मूलका तीनजना प्राडा सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ