arrow

कांग्रेसका महासमिति सदस्य सुवास बेलायती राजाबाट सम्मानित हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
subash-rai-british-gorkha-d.jpg

धरान । नेपाली कांग्रेसका महासमिति सदस्य सुवास राई बेलायतकै तेस्रो ठूलो नागरिक सम्मानबाट सम्मानित हुने भएका छन् । 

मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई) पदवीबाट उनलाई बेलायतको बकिंघम प्यालेसमा बेलायती राजा चाल्स तृतीयले मेडल प्रदान गरेर सम्मान गर्न लागेका हुन् । 

यो बेलायतले विशिष्ट व्यक्तित्वहरुलाई मात्र दिइने सम्मानित पदवी हो । बेलायत आर्मी हुँदा र अवकासपछि पनि बेलायत सरकारको सहयोग र सामाजिक कार्यमा सक्रिय हुँदै विशेष योगदान दिए बापत राईलाई सम्मान गर्न लागिएको हो । 

४८ वर्षीय राई सेवा निवृत्त ब्रिटिश आर्मी हुन् । धरानबाट सन् १९९६ मा २१ वर्षको उमेरमा ब्रिटिश सेनामा भर्ती भएका उनी १८ वर्षसम्म बेलायत सरकारको सेवा गरी सन् २०१४ मा सेवा निवृत्त भएका हुन् । 

राईले अहिले पनि समस्यामा परेका पूर्व ब्रिटिश गोर्खा सैनिकहरुलाई सहयोग गर्दै आइरहेका छन् । जागिरबाट रिटायर्ड भएपछि राई समाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय छन् । 

बेलायती सरकारसँग निकटसँग रहेर काम गरेको, बेलायती समाजभन्दा बाहिर रहेर काम गरेको, देशको छवि बनाउन सफल भएरै सुवासले उक्त पदक पाएका हुन् । 

विदेशमा रहेकाहरुको हकमा त्यो देशको दूतावासमा सिफारिस भएर गएपछि पुरस्कृत हुने व्यवस्था हुने गरेको सुवासले बताए । 

उनले पाएको यो पदक भने उनी पूर्व गोर्खा भएको नाताले नभइ नागरिक तहबाट पाउने पदक हो । 

उनकै पहलमा बेलायतका विशेष ब्रिटिश गोर्खा बिग्रेड व्याण्डले गत साल धरान–१० के रनमा व्याण्ड प्रदर्शन गरेका थिए । 

सोही समयमा ब्याण्डले धरान रंगशालामा पूर्व ब्रिटिश गोर्खा सैनिकलाईसमेत प्रदर्शन गरिएको थियो ।

यो पटक पनि धरान १० के रनमा र डिपो स्कुलमा पूर्व ब्रिटिश गोर्खा सैनिकहरुलाई ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डले प्रदर्शन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ