arrow

पशुपतिनाथमा ५० लाखको झिलिमिली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
pashupati-shiivaratri-2078-2.jpg

काठमाडौं । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रीका लागि  तयारीस्वरुप झिलिमिली बनाइएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएसँगै महाशिवरात्रीका बेला अहिले यस क्षेत्रलाई  रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो  ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिब रु  ५० लाख खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ ।  मंगलबार फागुन १७ गते महाशिवरात्री पर्व परेको छ ।

महाशिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । उजले भने, “हामीले यस क्षेत्रलाई रङ्गीचङ्गी र झिलिमिली बनाएका छौँ, अहिले यहाँ स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ ।” 

खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएपछि यो क्षेत्र झनै मनमोहक र अर्कषक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए ।

महाशिवरात्रीका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ