arrow

प्रचण्ड र माधव नेपालले एमसीसीका नाममा भत्काउन लगाएका संरचनाहरु बनाउनु पर्छ – केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
kp-oli-2078-11-17.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका बारेमा सत्ताधारी दलहरुले आफूहरुलाई बेवास्ता गरेको आरोप लगाएका छन् । मंगलबार दिउँसो तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै ओलीले मित्र राष्ट्रहरुबाट सहयोग र सल्लाह लिने मामलामा हामीले समयमै विचार गर्नुपर्नेमा जोड दिँदै आफूहरुले जश लिनका लागि एमालेसँग सत्तागठबन्धनले छलफल नै नगरेको आरोप लगाएका हुन् । 

उनले राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा बाह्य सहायता आमन्त्रण गर्छौं भन्दै यदि हाम्रो आवश्यकतामा छैन भने नलिन पनि सकिने बताए । हाम्रो राष्ट्रिय स्वाभिमानमा धक्का पार्छ भने त्यस्तो कुरालाई हामीले स्वीकार नगरिने उनले बताएका छन् । 

एमालेलाई आईपीएसको माध्यम बनाइएको भन्ने माओवादी केन्द्रको आरोपलाई अध्यक्ष ओलीले खण्डन गरेका छन् । अमेरिकाले नै एमसीसी आईपीएसको अंग हैन भनिसकेको अवस्थामा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई अमेरिका पठाएर आईपीएसमा जोड्न आग्रह गरिएको भन्ने आरोपको कुनै तुक नभएको भन्दै ओलीले चेतावनी पनि दिएका छन् । 

उनले धम्क्याएर, त्रसित बनाएर आफ्ना कुरा माथि पार्न खोज्ने प्रवृत्ति गलत भएको भन्दै माओवादीको आलोचनासमेत गरेका छन् । 

ओलीले सभामुख अग्निप्रसाद सापकोटालेसमेत गलत काम गरेको आरोप लगाए । उनले एमसीसी गलत थियो भने किन पारित गरियो र सही हो भने किन बाटो भत्काउन लगाइयो ? भनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ती भत्केका बाटाहरु बनाउन आग्रह गरे । 

उनले एमसीसी राष्ट्रहितको पक्षमा छ भनेरै आफूले पहिले नै संसदमा पेश गरेको पनि ओलीले बताएका छन् । 

उनले आफूहरुका माग पूरा गरेर संसदमा भाग लिने वातावरण बनाइयोस् भनी सभामुखसँग पटक पटक भन्दासमेत बेवास्ता गरिएको पनि बताए । 

संसदकै ठूलो पार्टीले वेल घेरेपछि संसद अवरुद्ध भएको मानिने भन्दै ओलीले अरुबेला पनि वक्ता र सभामुखको बीचबाट कसैले प्रश्न गरे त्यो संसद अवरुद्ध हुने बताए । तर सांसदहरुले सभामुखतिर पिठ्यूँ फर्काउनु शोभनीय नभएको अवस्थामा पनि सभामुखले मर्यादापालकको पछाडि बसेर संसद चलाएर गर्व महसुुस गरेको आरोपसमेत ओलीले लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ