arrow

एक्लै चुनाव लड्न र जित्न एमाले सक्षम छ –केपी शर्मा ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
oli-2078-11-17.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । उनले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताएका हुन् । 

पाँच दलीय गठबन्धनलाई अपवित्र भन्दै उनले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक्लै चुनावमा जाने हैसियतमा नभएको बताए । उनले पाँच दलमात्र हैन छ दल नै मिलेर चुनावमा गए पनि फरक नपर्ने बताए । 

उनले यो सरकार जनादेशको नभइ परमादेशको भएको भन्दै जतिसक्यो छिटो जनादेशमा जानुपर्नेमा पनि ओलीले जोड दिएका छन् । 

केपी शर्मा ओली फेरि प्रधानमन्त्री भए देश बरबाद हुने भन्ने विचार आएको भन्दै ओलीले त्यस्तो मानसिकता भएकाहरु आफू एक्लै चुनावमा जान सक्ने हैसियत नभएकाहरु नै भएकोसमेत आरोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ