arrow

हेलिकोप्टरमा जन्मियो शिशु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
helicopterma-birth-2078-11-17.jpg

जुम्ला । नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन् । खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावललाई उद्दार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन् । 

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको छ । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजाँदै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाकी मेजर बिलिना मल्लले बताइन् ।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ