arrow

बाँके कांग्रेस सचिवकी एक्ली महिला उम्मेदवार सञ्जु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
sanju-kumari-tharu-banke-congress.jpg

नेपालगञ्ज ।  नेपाली कांग्रेस बाँकेको यही फागुन १९ गते हुन गइरहेको जिल्ला अधिवेशनमा सचिव पदमा निकै कडा भिडन्त हुने पक्का छ । चार जना युवाहरुले यसपटक जिल्ला सचिव पदमा उम्मेदवारी दिएका छन् ।

बाँके कांग्रेसका चर्चित युवाहरु सुधांशु कोइराला, टंक प्रसाद काफ्ले (आशिष), सञ्जुकुमारी (थारु) चौधरी र रबिन्द्र बहादुर हमालले सचिव पदमा उम्मेदवारी दिएसंगै माहोल झनै तात्तिएको छ । 

काफ्ले र कोइराला संस्थापन इतर (डा. शेखर कोइराला)बाट सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल प्यानलका उम्मेदवारहरु हुन् भने चौधरी र हमाल शेरबहादुर देउवा निकट संस्थापन समूहका हुन् ।

सभापतिपछि सचिव पदमा हुने भिडन्तलाई चासोका साथ हेरिएको छ । सचिव पदमा कोहलपुर नगरपालिकाकी चौधरीको उम्मेदवारीलाई झनै चासोका साथ हेरिएको छ । उनी सचिव पदकी एक्ली महिला उम्मेदवार हुन् । 

संस्थापन समूहबाट सचिव पदमा चर्चित नेताहरु अट्न नसकेको अवस्थामा उपप्रमुख थारुलाई अगाडि सारिएको हुँदा उनीप्रति सबैको ध्यान केन्द्रीत भएको छ । 

बाँके कांग्रेसका चर्चित नेताहरु मेघराज वली, रामकुमार राँढ, रुद्र वली र निम बहादुर चलाउने (निरज) अटाउन नसकेको सचिव पदमा थारुको उम्मेदवारीले बाँके कांग्रेसजनमा नयाँ तरङ्ग पैदा भएको अवस्था छ । 

हुन त उपप्रमुख थारु आफैंमा एक सक्षम युवा नेतृ हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरिसकेकी उपप्रमुख थारु कांग्रेसी पारिवारिक पृष्ठभूमिबाट आएकी युवा नेतृ हुन् । 

नेविसंघ हुँदै कांग्रेस राजनीतिमा आएकी थारु २०७४ सालको स्थानीय तहको निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उक्त निर्वाचनमा मेयर पदमा कांग्रेसका उम्मेदवार भानुभक्त भट्टराई पराजित हुँदा पनि उनी विजयी भएकी हुन् ।

कांग्रेस नेता कार्यकर्तामाझ राम्रो छवि बनाएकी युवा नेतृ थारुले संगठन मजबुत बनाउन युवाहरुको खाँचो रहेको औंल्याउँदै जिल्लाभरका क्षेत्रीय प्रतिनिधिहरुले आफूलाई माया गरी सचिव पदमा विजयी बनाउनेमा आशावादी छिन् । 

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई जिताउन युवाहरुको अहम् भूमिका हुने भन्दै उनले आफूलाई सचिव पदमा विजयी बनाउन आग्रह गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ