arrow

नेपाली सेनाले यसरी मनायो महाशिवरात्री तथा सेना दिवस 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
nepal-army-2078-2543254325.jpg

काठमाडौं । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस मनाएको छ । सेनाले राष्ट्रपति एवं नेपाली सेनाकी परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी महाशिवरात्री तथा सेना दिवस मनाएको हो ।  
 
सो अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै वीर शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरिन् । नेपाली सेनाको सम्मान गारतले उनलाई सलामी अर्पण गरेको थियो ।  
 
सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘‘महाशिवरात्री तथा सेना दिवस –२०७८’ तथा आर्मी डे लेखिएको व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो । त्यसपश्चात आर्मी चिन्ह र स्वस्तिक चिन्ह आकृति निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो । 

विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्‍चार तथा हवाई सुरक्षा सम्बन्धी विभिन्‍न हातहतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, मार्चपास, विशेष फौज बाहिनीबाट फ्रि(फल जम्प लगायत विभिन्न संस्कृति झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो । यसका साथै, नेपाली सेनाको व्याण्ड र मित्रराष्ट्र बेलायतको ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज्बाट व्याण्ड प्रदर्शनसमेत गरिएको थियो ।  
 
महाशिवरात्री तथा सेना दिवसको अवसरमा बहालवाला रथी ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरि जम्मा ७१५ जनाले प्रधान सेनापति प्रशंसा निशान प्राप्त गरेका थिए । 

सोही समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले मानार्थ उप सेनानी पदमा पदोन्नती हुनु भएका ७३ जना पदिकहरु मध्ये उपत्यका भित्र कार्यरत २६ जनालाई दर्ज्यानी चिन्ह, प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम र द्वितिय भएका क्रमशस् श्री शम्शेरदल गण र श्री खड्‍गदल गण तथा गुल्मतर्फ श्री रणशुर गुल्म र श्री शत्रुमर्दन गुल्मलाई प्रकृति संरक्षण ट्रफी, प्रधान सेनापति व्यानर प्रतियोगिता(२०७७ मा प्रथम, द्वितिय र तृतीय हुने गणहरु तथा विभिन्न विधामा प्रथम हुने गणहरुलाई पुरस्कार वितरण गरे । 

समारोहमा कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पालना गर्दै आयोजना भएको अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथी तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ