arrow

गाँजा खुवाएर एमालेमा प्रवेश गराइयो, होश आएपछि आयो प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
uml-maobadi-flag.jpg

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर गाँजा खुवाएर एक जना नेकपा माओवादी केन्द्रका नेतालाई नेकपा एमालेमा प्रवेश गराएको खुलेको छ । 

दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका ७ का योङ कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष भीमसेन आचार्यलाई महाशिवरात्रीको अवसरमा शिवजीको प्रसाद भनी गाँजा, धतुरो खुवाएर एमालेमा प्रवेश गराइएको हो । 

उनलाई दोलखा–काठमाडौं सम्पर्क मञ्चको कमिटी शपथ ग्रहण कार्यक्रममा बेहोसीकै अवस्थामा माला लगाएर पार्टी प्रवेश गराएको बुझिएको छ । 

आचार्यले ल्याप्चेसहित निकालेको वक्तव्यमा आफू एमालेमा प्रवेश गरेको कुरा झुटो रहेको बताएका छन् । 

उनले आफ्नो बेहोसीपन र सोझोपनलाई गलत प्रयोग नगर्न एमालेलाई चेतावनी दिएका छन् । 

मंगलबारको घटनालाई लिएर पार्टी नेतृत्व र साथीहरुलाई विचलित नहुन र पार्टीको निम्ति निरन्तर लागिरहन पनि आग्रह गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ