arrow

भारतको सहयोगमा बनेको प्रहरी विद्यालयको भवन उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
india-nepal-building.jpg

काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा निर्मित कैलालीको धनगढीमा स्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उदघाटन भएको छ ।

भारतीय दूतावासका प्रथम सचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले संयुक्तरूपमा भवनको उद्घाटन गरेका हुन् ।

यो भवन उल्घाटन भारत सरकारको सहयोगमा बनेर भारतको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालमा उद्घाटन भइरहेका ७५ परियोजनामध्यको एक हो ।

बुधबार भवन उद्घाटनका लागि आयोजित समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको उपस्थिति थियो । यी भवनहरु ४ करोड २२ लाख ६० हजार नेपाली रुपैयाँको लागतमा निर्माण भएका हुन् ।

सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरूअध्ययनरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ