भारतको सहयोगमा बनेको प्रहरी विद्यालयको भवन उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
765
Shares
काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा निर्मित कैलालीको धनगढीमा स्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उदघाटन भएको छ ।
भारतीय दूतावासका प्रथम सचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले संयुक्तरूपमा भवनको उद्घाटन गरेका हुन् ।
यो भवन उल्घाटन भारत सरकारको सहयोगमा बनेर भारतको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालमा उद्घाटन भइरहेका ७५ परियोजनामध्यको एक हो ।
बुधबार भवन उद्घाटनका लागि आयोजित समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको उपस्थिति थियो । यी भवनहरु ४ करोड २२ लाख ६० हजार नेपाली रुपैयाँको लागतमा निर्माण भएका हुन् ।
सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरूअध्ययनरत छन् ।
(1/2) New buildings for Nepal Police School in #Dhangadhi, Kailali, built under #Indian grant, was inaugurated by Ms. Purna Joshi, Hon’ble Minister for Internal Affairs & Law of #Sudurpashchim Province along with Mr. Naveen Kumar, First Secretary, today. @MEAIndiapic.twitter.com/vTZt0a9t2H