arrow

नवलपुरमा मृत पोथी गैंडा फेला, आर्थिक वर्षमा तीसको मृत्यु

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
rhino-killed-evergreen-used.jpg

नवलपुर । नवलपुरको कावासोतीमा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । कावासोती नगरपालिका वडा नं १० को कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिएका छन् ।

तिवारीका अनुसार निउरो टिप्न सामुदायिक वनको बेल घारी सोरहामा गएका स्थानीयहरुले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज प्रशासनलाई खबर गरेका थिए ।

मृत गैंडाको खाग र खुर सुरक्षित रहेको तिवारीले बताए । योसँगै चालू आर्थिक वर्षमा ३० वटा गैंडा मृत फेला परेका तिवारीले बताए । ३० मध्ये २८ गैंडा प्राकृतिक कारणले मरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ