arrow

पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय बिरामीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
KMC-Health-Camp-(2).jpg

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ नमोबुद्धरोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

सहकारी संस्थाको भवनमा गरिएको शिविरमा १११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९७ जनाको रक्त परीक्षण, १२१ जनाको इसीजी र ९३ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका २३ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । यसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ