arrow

यस वर्षको दधिराज सुवेदी पुरस्कार चुडामणि र भुषणलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
bhusan-dahal-chudamani-bandhu.jpg
तस्बिर– बायाँ भुषण, दायाँ चुडामणि ।

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार रुपैयाँ राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७८’ लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा दिएको योगदानका लागि भाषाविद चुडामणि बन्धूलाई दिने निर्णय गरेको छ । 

त्यस्तै २५ हजार रुपैयाँ राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ टेलिभिजन पत्रकार तथा प्रस्तोता र पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएका वरिष्ठ पत्रकार भुषण दाहाललाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । 

यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल, डा विष्णुविभु घिमिरे र एस्पी कोइराला त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, मोहन भण्डारी र किशोर नेपाललाई प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी चैत महिनामा एक समारोहको आयोजना गरी समर्पण गरिने भएको छ ।

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ