arrow

चोलेन्द्रविरुद्ध आन्दोलन भएपछि रोकिएको सर्वोच्चको संवैधानिक इजलास पाँच महिनापछि आज 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
supreme-court-nepal.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । संवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन शुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन । १ फागुनमा  जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ