arrow

सवारी दुर्घटनामा परी प्रहरी नायव निरीक्षक पौडेलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
Arjun Poudel.jpg

चितवन । चितवनको गीतानगरमा गएराति सवारी दुर्घटना हुँदा प्रहरी नायव निरीक्षक (सई) अर्जुन पौडेलको मृत्यु भएको छ । पर्वत घर भएका पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए ।

पौडेल ड्युटीमै रहँदा उनी सवार मोटरसाइकललाई ना४त ८८२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । 

ट्याक्टरले आफ्नो लेन बाहिर गएर पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए ।

ट्याक्टर र  चालक भरतपुर-२८ मेघौलीका ५५ वर्षका पूर्णबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पौडेल विगत पाँच वर्षदेखि चितवनमा बसोबास गर्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ