सवारी दुर्घटनामा परी प्रहरी नायव निरीक्षक पौडेलको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
1k
Shares
चितवन ।चितवनको गीतानगरमा गएराति सवारी दुर्घटना हुँदा प्रहरी नायव निरीक्षक (सई) अर्जुन पौडेलको मृत्यु भएको छ । पर्वत घर भएका पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए ।
पौडेल ड्युटीमै रहँदा उनी सवार मोटरसाइकललाई ना४त ८८२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।
ट्याक्टरले आफ्नो लेन बाहिर गएर पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए ।
ट्याक्टर र चालक भरतपुर-२८ मेघौलीका ५५ वर्षका पूर्णबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पौडेल विगत पाँच वर्षदेखि चितवनमा बसोबास गर्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।