arrow

कांग्रेस नवलपुरको सभापतिमा जीसी सर्वसम्मत

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ फागुन २० शुक्रबार
IMG_20220304_204009.jpg

 कावासोती । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जीसी सर्वसम्मत भएका छ्न् । शुक्रबार मनोनयन समय सकिनु केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन गर्ने गरी सहमति भएसँगै सभापति पदमा जीसी सर्वसम्मत चयन भएका हुन् । 

जिसी सर्वसम्मत भएको आधिकारिक घोषणा भने हुन बाँकी छ । सभापतिमा सर्वसम्मत भए पनि २ जना उपसभापतिका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन समितिका अनुसार उपसभापतिमा बालकृष्ण घिमिरे, चन्द्रबहादुर राना, धर्म बस्याल, उदय अर्याल, केशव सापकोटा, उपयराज अधिकारी, पूर्णसिंह राना, कपिलदेव भुषालको मनोनयन परेको छ ।

२ सचिवका लागि होमराज रानाभाट, महेन्द्र पोख्रेल, करुणासागर सुवेदी, मित्रलाल भट्टराईको उम्मेदवारी परेको छ । कावासोतीस्थित लुम्बिनी कलेजमा शनिबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । 

जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ