arrow

एक पटक खेलाडीले हुस् भनेपछि सबै बाटो लाग्छन् : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
WhatsApp Image 2022-03-05 at 20.09.37.jpeg

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर भोट दिने वातावरण बनाउन खेलाडीहरुलाई आग्रह गरेका छन् । 

नेपाल खेलकुद महासंघको झापामा प्रदेश–१ को अधिवेशन सम्पन्न गर्ने क्रममा सम्बोधन गर्र्दै ओलीले खेलाडीले महत्वपूर्ण स्वयंसेवकीय भूमिका हुनसक्ने भएकोले नेपाल खेलकुद महासंघले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

ओलीले जनताको अभिमतको रक्षा गर्नु सबैको पहिलो दायित्व भएको हुँदा खेलाडीले चाहेमा निर्वाचनमा हुनसक्ने सम्भावित धाँधलीलाई समेत रोक्न सकिने बताए । साथै चुनावमा नटेर्ने, धाँधलीको वातावरण बनाउन खोज्नेहरुलाई खेलाडीले एकपटक ‘हुस्’ भनेपछि सबै आफ्नो बाटो लाग्ने हुँदा सबै खेलाडीहरुलाई विवेक प्रयोग गर्न आग्रह गरे ।

अधिवेशनलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाले खेलाडी राष्ट्रको गहना मात्र नभई राष्ट्रिय पहिचान भएको हुँदा खेलाडी तथा खेलक्षेत्रको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए । 

बास्कोटाले आगामी स्थानीय निर्वाचनमा एमालेले आफ्नो घोषणापत्रमा प्रदेश १ का सबै पालिकामा एक रंगशाला र सबै वडामा एक खेल पूर्वाधार निर्माणको नीति लिनुपर्ने बताए । 

साथै कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट खेलक्षेत्रमा विनियोजन गरी ५० प्रतिशत पूर्वाधार निर्माण र ५० प्रतिशत प्रतियोगिता तथा सहभागीतामा खर्च गर्न सुझाव दिए । 

अधिवेशनमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताले सम्बोधन गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ