arrow

दुई दिने शिशुसहित एकै घरका चार जना मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
Konjyosom_Gaunpalika.png

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका चारजना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए । एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिने नवजात शिशु छन् ।

दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । 

घटनास्थलमा प्रहरी पुगिसकेको छ । सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ