arrow

सर्वोच्चका न्यायाधीशसहितको टोली कालापत्थर पुग्दै, गाउँपालिकाका अध्यक्ष अन्योलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
sagarmatha.jpeg

सोलुखुम्बु । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेप तर्फ प्रस्थान गरेको हो ।

 यही फागुन १६ गते लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बताइन् । उनका अनुसार उक्त टोलीले मङ्गलबार बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विशेष कार्यक्रम गर्नेछ ।

कालापत्थर रहेको गाउँपालिका खुम्बुपासाङ ल्हामु हो । यही गाउँपालिकामा विशेष कार्यक्रम आयोजना हुँदैछ । त्यो पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जलवायु परिवर्तनका कारण महिलाको जनजीवनमा पारेको अवसरको विषयमा घोषणापत्र नै जारी गर्ने योजना छ । 

कार्यवाहाक अध्यक्ष महिला भएर नेतृत्व गरेको गाउँपालिका र सिङ्गो जनप्रतिनिधिले कार्यक्रमबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हुम शेर्पाले कालापत्थरमा कार्यक्रम गर्ने गरी महिला टोली पदयात्रामा निस्किएको समाचारमा देखेको भए पनि आधिकारिक संस्थाबाट खबर नभएको बताए ।

 गाउँपालिकासँग यसअघि समन्वय गरेको भए आफूहरुले पनि सहयोग गर्नसक्ने भन्दै कार्यवाहाक अध्यक्ष शेर्पाले समन्वय नगरेको विषयमा कुनै पनि आपत्ति नभए पनि स्थानीय सरकारकोसमेत सहभागितामा गरेको कार्यक्रमले अझ बढी सार्थकता पाउनसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ