arrow

केपी ओली बुद्धिजीवीहरुमाथि फेरि खनिए, लगाए आरोपै आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
Kp oli pokharaa.jpg

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली फेरि पनि बुद्धिजीवीहरुमाथि खनिएका छन् । उनले सरकारले गरेका नराम्रा कामहरुमा पनि बुद्धिजीवीहरु चुपचाप लागेर बसेको आरोप लगाएका छन् । 

सोमबार पोखरामा मानवअधिकार तथा समाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाएन्स) को पाँचौ अधिवेशनका क्रममा अध्यक्ष ओलीले देशको अर्थतन्त्र नै खतम हुँदासमेत सबै चुपचाप बसेको भन्दै बुद्धिजीवीमाथि खनिएका हुन् ।

आफ्नो नेतृत्वको सरकारका बेला सामान्य गल्तीको पनि विरोध गर्ने गरेको स्मरण गर्दै अहिले जस्तासुकै ठूला गल्तीहरुमा समेत चुपचाप रहनु अचम्मको विषय भएको उनको आरोप थियो ।

संसदबाट बन्नुपर्ने सरकार मुद्धा जितेर बनेको भन्दै ओलीले अहिलेको सरकारले गणतन्त्रकै खिल्ली उडाएकोसमेत आरोप लगाए । आफ्नो पालामा बनेको दुई तिहाइको सरकार आफ्नै कारण खत्तम भएको भन्ने आरोपको खण्डन गर्दै उनले दुई तिहाइको सरकार कसरी बनायो भन्ने विषयमा कसैले पनि नबोलेको दुःखेसो पोखे ।

अध्यक्ष ओलीले मानव अधिकारको अवस्था अझै सुदृढ हुन नसकेको भन्दै शक्ति र संगठनको आडमा मानवअधिकार हननका घटनाहरु बढ्दै गएको औँल्याए ।

दुई दिनसम्म चल्ने अधिवेशनले नया नेतृत्वसमेत चयन गर्नेछ । अधिवेशनमा देशभरका मानवअधिकारकर्मीहरु भेला भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ