arrow

गण्डक नहरमा दुई वटा सडेका शव फेला 

logo
रवीन्द्र यादव,
प्रकाशित २०७८ फागुन २३ सोमबार
gandak-nahar-nawalpur.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम गण्डक नहरमा तैरिरहेको अवस्थामा दुई वटा बेवारिसे शव फेला परेको छ । 

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत् केन्द्र पावर हाउसको पूर्व दिशाको गण्डक नहरमा अन्दाजी २५- ३० र ३५ - ४० वर्षको दुई वटा पुरुषको शव एउटै ठाउँमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । 

शव सडेकाले पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । दुबै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि  पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ