arrow

एमालेको तुलना अन्यसँग गर्न मिल्दैन : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
kp-oli-balkot-meet.jpg

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको तुलना अन्य पार्टीसँग गर्न नमिल्ने बताएका छन् । पोखरामा पार्टी प्रवेश गराउँदै उनले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरेका हुन् ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे।

ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताए । उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभई समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।
    
जनतालाई मन पर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए। आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शिता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ