- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेकपा एमालेबाट निर्वाचित अध्यक्ष केदार क्षेत्रीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा भित्राएका हुन् ।
क्षेत्री गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बलेफी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए।
क्षेत्रीसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका छन्।
सभापति देउवा मङ्गलवार सानेपामा तीनै जनालाई कांग्रेसको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका छन् ।