arrow

कांग्रेस सभापति देउवाको चुनाव केन्द्रीत पत्रकार सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
sher-bahadur-deuba-congesss-nc.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दैछन् । उनले कांग्रेस मुख्यालय सानेपा वीपीनगरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेकाले उनले स्थानीय तहको निर्वाचनमा पार्टीले गर्न लागेको चुनावी अभियानका बारेमा जानकारी दिने छन् । दिउँसो ३ बजे पत्रकार सम्मेलन हुँदैछ । 

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्यहरु जिल्ला दौडमा हुनेछन् । 

कांग्रेसले यही फागुन २९ गतेदेखि ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ एक महिने अभियान शुरु गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ