arrow

निर्वाचन अभियानमा कांग्रेस केन्द्रीय सदस्यहरुलाई जिल्लाको जिम्मा [विवरणसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
congress-flag3.jpg
तस्बिर– फाइल

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ताधारी दल नेपाली कांग्रेसले तयारीलाई तीव्रता दिन थालेको छ ।कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरुलाई एक–एक जिल्लाको जिम्मा दिएर खटाएको छ । उनीहरुलाई खटाइएको जिल्लामा एक महिना रहेर प्रचारप्रसार गर्नका लागि निर्देशन दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पछिल्लो समय अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबारे कम्युनिष्ट नेताहरुले अफबाह फैलाइरहेको भन्दै कांग्रेस नेताहरुमाथि उक्त भ्रमको जालो तोडेर मतदातालाई सम्झाउनु ठूलो चुनौती आइपरेको छ । 

एक महिने अवधिमा केन्द्रीय सदस्यहरुले जिल्लामा कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर चुनावी एजेन्डा प्रचारप्रसार गर्नेछन् । 

कसलाई कहाँ खटाइयो ? विवरणसहित 
प्रदेश १ अन्तर्गत ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजिब ढुङ्गाना, इलाममा सरिता प्रसाई, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा आङगेलु शेर्पा, धनकुटामा रामहरि खतिवडा, भोजपुरमा सुशीला शर्मा ढकाल, खोटाङमा कल्पना चौधरी, सोलुखुम्बुमा माया राई, ओखलढुङ्गामा सरस्वती बजिमय, उदयपुरमा प्रदीपकुमार सुनुवार, झापामा उमेशजङ्ग रायमाझी, मोरङमा केसवकुमार बुढाथोकी र सुनसरीमा अमृत अर्याल खटिएका छन् । 

त्यस्तै मधेस प्रदेश अन्तर्गत सप्तरीमा महेन्द्रकुमार राय, सिराहामा दिनेश यादव, धनुषामा मञ्जु खाँण, महोत्तरीमा रमेश लेखक, सर्लाहीमा नगीना यादव, रौतहटमा कल्याण गुरुङ, बारामा अजयकुमार चौरसिया र पर्सामा डा. चन्द्रमोहन यादव रहेका छन् । 

त्यस्तै बागमती प्रदेश अन्तर्गत दोलखामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, सिन्धुलीमा मुक्ताकुमारी यादव, काभ्रेपलाञ्चोकमा उर्मिला केसी, सिन्धुपाल्चोकमा गंगादेवी अवाल, रसुवामा रमा कोइराला पौडेल नुवाकोटमा मदनबहादुर अमात्य, धादिङमा डा. गोविन्दप्रसाद पोखरेल, चितवनमा उदय शम्शेर राणा, मकवानपुरमा श्यामकुमार घिमिरे, भक्तपुरमा जीतजङ्ग बस्नेत, ललितपुरमा अम्बिका बस्नेत र काठमाडौंमा मोहनबहादुर बस्नेत खटिएका छन् । 

गण्डकी प्रदेश अन्तर्गत गोरखामा नानु बास्तोला, लमजुङमा अञ्जली श्रेष्ठ, तनहुँमा मधु आचार्य, कास्कीमा ध्रुव वाग्ले, मनाङमा गणेश लामा, मुस्ताङमा अजयबाबु शिवाकोटी, पर्वतमा प्रतिमा गौतम, स्याङ्जामा ध्यानगोविन्द रञ्जित, म्याग्दीमा चम्पादेवी खड्का, बागलुङमा दिनमान पाख्रिन र नवलपुरमा टेकप्रसाद गुङङ्ग खटिएका छन् । 

त्यस्तै लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासीमा मदनकृष्ण श्रेष्ठ, कपिलवस्तुमा गोविन्द भट्टराई, पाल्पामा सरस्वती अर्याल तिवारी, अर्घाखाँचीमा शान्ति परियार, गुल्मीमा दिनेश कोइराला, रुकुम पूर्वमा रुपा विक, रोल्पामा अब्दुल सत्तार, प्यूठानमा टेकबहादृुर गुरुङ्ग, दाङमा प्रदीप पौडेल, बाँकेमा दीपक गिरी र बर्दियामा गुरु बराल रहेका छन् । 

त्यस्तै कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिममा सुशीला थिङ, सल्यानमा जीवन राना, डोल्पामा डा. गोपाल दहित, जुम्लामा कृष्णकिशोर घिमिरे, मुगुमा कर्णबहादुर बुढा, हुम्लामा योगेन्द्र चौधरी, कालिकोटमा चन्द्रबहादुर केसी, जाजरकोटमा अब्दुल रज्जाक, दैलेखमा जानकी सिंह र सुर्खेतमा मानबहादुर नेपाली खटिएका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरामा अर्जुनबहादुर सिंह, बझाङमा मैकुलाल बाल्मिकी, डोटीमा रामजनम चौधरी, अछाममा सीताकुमारी राना, दार्चुलामा राजीवविक्रम शाह, बैतडीमा यज्ञराज जोशी, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा नैनसिंह महर र कैलालीमा गोविन्दबहादुर शाह खटिएका छन् । वैकल्पिकमा विद्यादेवी तिमल्सिना रहेकी छिन् । 

त्यस्तै अर्का वैकल्पिकमा जावेदा खातुन जागा रहेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ