arrow

ग्लोबल आइएमई बैङ्क कटारी शाखाको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
global-ime-katahari-branch.jpg

कटारी, उदयपुर। ग्लोबल आइएमई बैङ्क लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ। मङ्गलवार बैङ्कमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयास कार्कीले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन्।

सबैका लागि बैङ्क भन्ने नाराका साथ ग्लोबल आइएमई बैङ्कले मुलुकका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।

कटारी शाखाले त्यहाँका स्थानीय बासिन्दा, साना किसान तथा व्यवसायीहरूलाई उत्कृष्ट बैङ्किङ सेवा प्रदान गर्नेछ। ग्लोबल आइएमई बैङ्कले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैङ्किङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ