arrow

एमाले निकट कर्मचारी संगठनको अधिवेशन काठमाडौंमा हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
nijamati.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ गतेदेखि ११औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले फागुन २८ गते एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट, काठमाडौंमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो । 

संगठनले आगामी फागुन २८-२९ गते हुने ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाए । उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरुका अधिवेशन सम्पन्न भइसकेको बताए । उनका अनुसार ६१९ जना केन्द्रीय प्रतिनिधिहरु निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिहरुको अधिवेशनमा सहभागिता हुनेछन् ।

उनले भने,‘सहकारी क्षेत्रबाट ६७ जना र आधिकारिक ट्रेड युनियनबाट १२१ जना प्रतिनिधि र कुल उपस्थिति प्रतिनिधिमध्ये १८२ जना महिला र ७१९ जना पुरुष प्रतिनिधिहरुको सहभागिता रहनेछ ।’ 

देवकोटाले अधिवेशनलाई सफल पार्न १४ उप-समितिहरु गठन गरी अधिवेशन तयारीका कामहरुलाई व्यवस्थित गरिएको सुनाए । उनले अधिवेशनले निजामती सेवाको सांगठनिक ढाँचा तथा स्वरुप, संघ, प्रदेश र स्थानीय निजामती सेवा ऐनमा समावेश हुनुपर्ने विषयहरुको बारेमा ब्यापक छलफल गरिने सुनाए । 

११औं अधिवेशनले कर्मचारीहरुसँग अनिवार्य कार्य सम्पादन सम्झौता ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ लगायतका संगठनले लिने आगामी रणनीति र कार्यभरसमेत निर्धारण गर्ने जानकारी दिए । उनले अधिवेशनले आगामी ३ वर्षका लागि संगठनको नेतृत्व चयन गर्दै अधिवेशन समापन हुने बताए । 

अधिवेशनको लागि भोलि फागुन २७ गते बेलुकासम्म सबै प्रतिनिधिहरु काठमाडौं आइसक्ने र टे«ड युनियनलाई चुस्तदुरुस्त राख्न र भ्रष्टाचारमुक्त गराउने विषयमा छलफल केन्द्रीत हुने सुनाए । संगठनका केही सदस्यहरुले नयाँ कमिटी गठन गरेको उल्लेख गर्दै उनले उनीहरु जाँदैमा १ प्रतिशत भन्दा थोरै पनि संगठनलाई असर नपरेको स्पष्ट पारे । 

उनले नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत रुपले गर्ने पनि बताए । ११औं राष्ट्रिय अधिवेशन आयोजक समिति प्रचार प्रसार विभागका संयोजक युवाचन्द्र घिमिरेले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए । आजको पत्रकार सम्मेलनको सञ्चालन भने कार्यालय सदस्य तथा प्रवक्ता प्रभाष प्रसाद साहले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ