arrow

बागलुङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
accident-1.jpg

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

ध२प १९२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला-३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो ।

मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
नयाँ